अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १० मा सञ्चालीत दोस्रो संस्करणको गोदावरी मेयरकप क्रिकेट प्रतियोगीताको उपाधी एबि सप्लायर्स महेन्द्रनगरले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक न्यू ग्वासी सहारा युवा क्लबलाई ६ रनले पराजित गर्दै एबि सप्लायर्सले उपाधी जितेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको एबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । उसका लागी नितेश बिष्टले ४२ र जनक बिष्टले ४१ रन बनाए । १२६ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको आयोजक न्यू ग्वासी सहारा युवा क्लबले १९.२ ओभरमा सबै विकेट गुमाउदै ११९ रन मात्रै बनाउन सक्यो ।


आयोजकका खेलाडी किसन बिष्टले विस्फोटक व्याटिङ गर्दै टिमलाई जित दिलाउने कोसिस गरेपनि सफल हुन सकेनन । उनले १८ बलमा १ चौका र ६ छक्का प्रहार गरेका थिए ।
यसैगरी आयोजकका अर्का खेलाडी किरन ठगुन्नाले २९ रन बनाए । आयोजकलाई पराजित गर्न एबि सप्लायर्सका खेलाडी जनक बिष्टले ३ विकेट लिए भने महेश बिष्ट र मिलन बोहराले समान २÷२ विकेट लिए । म्याचमा अलराउन्ड प्रदर्शन गरेका जनक बिष्ट म्यान अफ द म्याच घोषित भए ।
उपाधी जितेसँगै एबि सप्लायर्सले नगद रु. १ लाख २१ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो भने उपविजेता बनेको आयोजकले नगद रु. ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग-यो । यसैगरी प्रतियोगीता अवधीभर सर्वाेत्कृष्ट प्रदर्शन गरेका आर्दश युवा क्लबका खेलाडी पारस शाह प्लेयर अफ द दुर्नामेन्ट घोषित भए ।
यसैगरी आयोजकका खेलाडी योगेश भाट बेष्ट ब्याट्सम्यान र एबि सप्लायर्सका खेलाडी धिरज साउँद बेस्ट बलर घोषित भए । उनिहरु सबैले समान रु. ३ हजार १ सय रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी प्रतियोगीतामा आयोजक (ए) का खेलाडी गणेश विष्ट राईजिङ प्लेयर घोषित भए । उनले नगद रु. १ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे ।

















