खाेज्नुहाेस

गोदावरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । गोदावरी नगरपालिका कार्यालयको भवन संगै जोडिएको हुलाक कार्यालयमा गोदावरीको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

navjiwan hospital

गोदावरी नगरपालिकाको निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालय कैलालीमा कार्यरत जिल्ला न्यायाधिवक्ता राजेन्द्र सिह भण्डारी तोकिएका छन । निर्वाचन अधिकृत भण्डारीले कार्यालय स्थापना भएसंगै चुनाव तयारीका काम अगाडी बढेको बताए । उनले गोदावरीमा ५५ हजार बढी मतदाता रहेको बताए । जुन कैलालीमा धनगढी उपमहानगरपालिका पछि सबैभन्दा बढी हो । गोदावरीमा ६७ वटा मतदान केन्द्र तोकिएका छन ।

attariya hospital

बिहिबार कैलालीका १३ वटै स्थानीय तह संगै सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन ।
कैलालीको धनगढी उपमहानगरपालिकामा जिल्ला न्यायाधीस निर्वाचन अधिकृत रहनेगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयले बिहीवारदेखि नै जिल्लामा चुनावको तयारी तीव्र पारेको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

१३ ओटा स्थानीय तह रहेको कैलालीमा चुनावका लागि ६ सय १९ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय हुने गरी ६ सय १९ मतदान केन्द्र तोकिएको छन् । एक मतदान केन्द्रमा तीन जना स्वयमसेवक सहित ८ जना कर्मचारी खटाइएको छ । कैलालीमा मात्रै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि ४ हजार ९ सय ५२ कर्मचारी खटिने भएका छन् ।