अत्तरिया – कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा भएको तोडफोडको घटनाप्रति निजी स्वास्थ्य संस्था नेपाल (अफिन) ले आपत्ति जनाएको छ । अफिनले चैत १८ गते अस्पतालमा केही अवाञ्चित एवम् उच्श्रृखंल तत्वहरुद्धारा गरिएको हुलइज्ज तथा तोडफोटको घट्ना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
‘मानवीय स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा सर्मपित भएर नागरिकको स्वास्थ्य उपचारमा २४ सैं घण्टा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, ,अस्पताल व्यवस्थापन र उपचारार्थ भर्ना भएका अन्य बिरामीहरुलाई समेत त्राहिमान बनाउने गरी असामान्य परिस्थिती सृजना गराइनु कानूनी राज्यमा जो कोहीको लागि पनि घोर भत्सर्नाको विषय हो’ अफिनका केन्द्रिय महासचिव हेमराज दाहालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ‘स्वास्थ्य सेवा जस्तो अतिसंवेदनशील सामाजिक सेवामूखी व्यवसायमा जीवनको सम्पूर्ण पुँजि लगानी गरी नागरिकको स्वास्थ्य उपचारमा सर्मपित भै पेशालाई निरन्तरता दिनु आफैंमा चुनौती र कठिनपूर्ण छ । यस्तो अवस्थामा संचालित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई राज्य र समाजका सबै निकायहरुबाट प्रोत्साहन एवम् हौसला प्रदान गरिनु पर्नेमा स्वास्थ्य क्षेत्रलाई नै बद्नाम गराउने गरी केही अराजक तत्वहरुबाट खुलेआम यस्ता व्यवहार प्रदर्शन गरिनु घोर आपत्ति र निन्दाको विषय हो ।’


विज्ञप्तीमा घटनामा संलग्नलाई पहिचान गरी अबिलम्ब कानुनी कार्वाही सहित सम्बन्धित अस्पताललाई उचित क्षतिपूर्ती उपलब्ध गराई शान्तिपुर्वक सेवा संचालनका लागि वातावरण मिलाउन सम्बन्धित निकाय संग माग गरिएको छ ।
‘यस्ता क्रियाकलापबाट देशैभरिका स्वास्थ्य संस्था तथा चिकित्सकको मनोबल खस्कने मात्र नभई ज्ञान, सीप, क्षमता प्रस्फुटन, दातरुकतामा समेत उदासिनता आउने भएकाले यस्ता घटनामा संलग्न जो कोहीलाई पहिचान गरी अविलम्व कानुनी कार्बाहीसहित सम्बन्धित अस्पताललाई उतिच क्षतिपूर्ति उपलब्ध गराइदिनहुन तथा शान्तिपूर्वक अस्पतालको सेवा सञ्चालनको वातावरण निर्माण गर्न हामी सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
गत शनिबार गोदावरी नगरपालिका–३ का विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित भएका मृतकका आफ्न्तले अस्पतालमा तोडफोड गरेका थिए ।


















