खाेज्नुहाेस

धनगढी प्याब्सन कपको उपाधि स्टेपिङ स्टोन स्कुललाई

Image

धनगढी – मेयर धनगढी प्याब्सन कप विद्यालयस्तरीय क्रिकेटको उपाधि स्टेपिङ स्टोन स्कुलले जितेको छ । शुक्रबार सम्पन्न फाइनलमा स्टेपिङले लिटल फ्लावरलाई २९ रनले पराजित हरायो ।

navjiwan hospital

विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ पाएका छन् । प्रदेश प्रहरीको मैदानमा टस जितेको स्टेपिङले २० ओभरमा ६ विकेट गुमाई १ सय ३४ रन बनायो । लिटलले १७.२ ओभरमा सबै विकेट गुमाई १ सय ९ रनमात्रै बनाउन सक्यो । शैलेश केसीले ४६ रन, सचिन भट्टले १४, नरेन भट्टले १२ र पारस ऐरले १० रन बनाए ।

attariya hospital

स्टेपिङका आर्यन दानपालीले ११ रन खर्चिएर ४ विकेट लिए । अभिषेक खड्काले २ र भूपेश जोशीले १ विकेट लिए । त्यसअघि स्टेपिङका विशाल विष्टले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । आर्यनले अलराउन्ड प्रदर्शन गर्नेक्रमा ३६ रन पनि जोडे । अभिषेक खड्काले १६ रन बनाए । लिटलका सार्थक बम र अनुराग सिंहले १–१ विकेट लिए ।

प्लेयर अफ द म्याच स्टेपिङका आर्यन दानपाली चुनिए । उत्कृष्ट खेलाडी लिटलका अनुराग सिंह भए । उनले १० हजार प्राप्त गरे । उत्कृष्ट ब्याटर शारदा माविका गौरव कार्की, उत्कृष्ट बलर स्टेपिङका भूपेश जोशी र उदीयमान खेलाडी एरिस्टोका किरण देउवा भए । उनीहरूले ५–५ हजार प्राप्त गरे । विजेतालाई धनगढी उपमहानगरका मेयर नृप बड, वडा ८ का अध्यक्ष नारायण बराललगायतले पुरस्कृत गरे ।