खाेज्नुहाेस

१४ बर्ष अगाडीको निर्णयले बुढीतोलामा रहेको लक्ष्मी माविको जग्गा संकटमा

Image

अत्तरिया – कैलालीको गोदावरीमा राजधानी घोषणा गरिएसंगै अहिले खानीडाँडा, बुढीतोला क्षेत्रमा जग्गाको कारोबार बढेको छ । पछिल्लो समय यी क्षेत्र गर्मी छल्नेहरुको गन्त्यब्य स्थल पनि बन्न थालेपछि यस क्षेत्रमा जग्गाको महत्त झनै बढेको हो । यस क्षेत्रमा होटल व्यवसाय पनि फस्टाउँदै गएका छन । जसका कारण यस क्षेत्रमा अहिले जग्गाको मुल्य आकाशिएको छ भने यस क्षेत्रका सार्वजनिक जग्गा पनि अतिक्रमणको चपेटामा परेका छन ।

सार्वजनिक जग्गा अतिक्रमण भइरहेका बेला बुढीतोलामै भीमदत्त राजमार्ग संग जोडिएको लक्ष्मी माध्यमिक विद्यालयको जग्गा अहिले विद्यालयकै निर्णयका कारण संकटमा परेको छ ।

attariya hospital

२०६४ असोज ५ गते विद्यालयको अभिभावक भेलाले राजमार्ग संग जोडिएको जग्गा प्लटिङ गरेर भाडा (लिज) मा दिने गरी गरेको दोहोरो अर्थ लाग्ने सम्झौताले अहिले विद्यालयको जग्गा संकटमा परेको हो ।

१४ बर्ष अगाडी विद्यालयको आयश्रोत बढाउने भन्दै जग्गा लिजमा लगाउने भनिएपनि सम्झौतामा भोगचलन गरी बस्नेको नाममा पास गराउन सहयोग गर्ने दोहोर अर्थ लाग्ने शब्द राखिएको छ ।

२०३९ सालमा स्थापना भएको उक्त विद्यालयको तत्कालिन गोदावरी गाउँविकास समितिले २०५६ सालमा गरेको सिफारिस अनुसार १६० रोपनी ऐलानी जग्गा क्षेत्राधिकारमा परेको थियो । जसमध्ये विद्यालयले राजमार्ग संग जोडिएकोे १० रोपनी जग्गा प्लटिङ गरेको थियो ।

उक्त निर्णयमा पर्यटन विकासका लागि बस्ती बृद्धि एवम् ब्यवस्थीत गर्न र सो आयबाट विद्यालय संचालनमा सहयोग पुग्ने हुनाले विद्यालयको राजमार्ग संग जोडिएको जग्गा व्यवस्थीत घर निर्माणका लागि लिजमा दिने उल्लेख छ । तर, लिजमा लिएको जग्गामा नापी हुने समयमा सम्बन्धित व्यक्तिकै नाममा गर्न सहयोग गरिने बुदा पनि थपिएपछि अहिले सो जग्गा लिजमा दिएको हो वा बिक्री गरेको भन्ने विवाद श्रिजना भएको छ ।

‘१० रोपनी जति जमीनमा व्यवस्थीत घर निर्माण गर्नका लागि अहिले विद्यालयको जमीन नापी नभएकोले १० बर्षको लागि लिजमा दिने सो सहयोग गर्नैहरुलाई विद्यालयको जग्गा नापी हुँदा निजलाई नै सिफारिस गरी दिने शर्तमा प्रति घरेडी चौडाई १२ मिटर र लम्बाई २५ मिटरका दरले २ साइड प्लटिङ गरी ‘क’ श्रेणी ४५ हजार र ‘ख’ श्रेणाी २४ हजारका दरले विद्यालयलाई सहयोग स्वरुप लिने’ उक्त निर्णयमा भनिएको छ ‘सो जमीनमा करिब ६ महिना भित्र घर हटरा निर्माणका लागि पूर्वाधार तयार गरी सक्नु पर्ने र आफ्ना व्यवसाय संचालन गरी सक्नु पर्ने सर्तमा आजैको मिति देखि लागु हुने गरी घरेडी वितरण गरी दिने निर्णय सर्वसम्मतिबाट पारीत गरियो ।’

सो बाफत विद्यालयको खातामा ९ लाख रुपैयाँ जम्मा भएको थियो । तत्कालिन समयमा विद्यालयक व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चन्द्र तिवारी रहेका थिए ।

संरचना नबनाएकाले पनि जग्गामा दावी गर्दै

जग्गा प्लटिङ गर्दा २५ जनाले घरेडी लिएको र जसमध्ये २० जनाले हाल कुनै पनि संरचना नबनाएको हालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र रोकामगरले बताएका छन । उनले १० बर्षका लागि गरिएको सम्झौता सकिएकाले आफूले सोही सम्झौतामा टेकेर २०७६ भाद्र २८ गते बसेको बैठकबाट सर्त अनुसार कुनै पुर्वाधार नबनाएकालाई अब उप्रान्त सो जग्गामा कुनै पूर्वाधार बनाउन नपाउने निर्णय गरिएको बताए ।

हालको निर्णयमा कुनै संरचना नबनाउने २० जनालाई अब उप्रान्त बस्न नदिने भनिएको छ । तर, सो समयमा जग्गा लिएकाहरुले भने जग्गा पाउनु पर्ने दावी गर्न थालेका छन ।

‘हाल हामीले गरेको निर्णयमा १० बर्ष सम्म संरचना नबनाएकाहरुको जग्गा स्वतः विद्यालयको हुने उल्लेख छ’ अध्यक्ष रोकामगरले भने ‘म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि हेर्दा १० बर्ष म्याद सकिएर ढाई बर्ष बढी समय भइसकेको थियो । त्यसपछि हामीले कागज अनुसार यो क्षेत्रमा को–को छन भनेर हेरेर जो–जो सम्पर्कमा छन तिनको नविकरण गर्ने र सम्पर्कमा नआएकाहरु जग्गा स्वतह विद्यालयमा राख्ने पुनः निर्णय गरेका छौ ।’

navjiwan hospital

उनले १० बर्ष म्याद सकिएपछि सूचना निकाल्दा पनि सम्पर्कमा नआएकाहरु अहिले आफूले जग्गा पाउनु पर्ने दावी गर्न थालेको बताए । ‘अहिले पो त्यो ठाउँको जग्गाको भ्यालु भयो उतीबेला त कसैले वास्ता गरेनन्’ उनले भने ‘१० बर्षको सम्झौता गर्नेमा धेरै जसो हाई प्रोफाइल मान्छे छन । वहाँहरुले अहिले सो जग्गा आफूले पाउनु पर्ने दवाव पनि दिइरहेका छन ।’ उनले विद्यालयको जग्गामा सम्झौता अनुसार संरचना बनाएकाहरुको नविकरण गरिने बताए । उनले विद्यालयको जग्गा कसैले पनि आफ्नो नाममा हाल्न नसक्ने बताए । यद्दपी बिद्यालयको पुराना व्यवस्थापन समितिको निर्णयमा भने जग्गा नापी हुँदा निजलाई नै सिफारिस गरी दिने उल्लेख छ ।

उता विद्यालयका प्रधानाध्याक लक्ष्मण सिह कठायतले जग्गा लिजमा लगाएको भएपनि सबै जग्गा विद्यालयको मातहतमा रहेको दावी गरे ।
‘उतीबेला निमावी सम्मको विद्यालय थियो । उतीबेला केही व्यक्तिले जग्गा लिएपनि पछि कोही पनि यहाँ बसेनन् । राजमार्गमा अहिले कोही पनि बसेका छैनन्’ तत्कालिन समयमा पनि विद्यालयका प्रधानाध्यापक रहेका उनले भने ‘लिजमा लिएर अहिले केही व्यक्त घर बनाएर छन ।

उनीहरुले जग्गाको भाडा तिर्दै जान्छन ।’ उनकै दावी अनुसार २०६४ सालमा १० बर्षका लागि विद्यालयले उक्त जग्गा लिजमा दिएको मान्ने हो भने पनि हाल बसेका ५ परिवारले न सम्झौता नविकरण गरेका छन न विद्यालयलाई भाडा नै तिर्ने गरेका छन ।

हाल उक्त जग्गामा बसेकाहरुले नगरपालिकाले वितरण गर्ने भनिएको अव्यवस्थित वसोबासिको फर्म भरेको स्वयम विद्यालयको जग्गामा बसेकाहरुले बताएका छन ।

भित्रभित्रै लाखौंमा विद्यालयको जग्गा किनबेच हुदैं

२०६४ सालमा विद्यालयबाट जग्गा पाएकाहरुले हाल भित्रभित्र एकले अर्कोलाई किन्न, बेच्ने समेत गरेको पाइएको छ । जसका कारण अहिले विद्यालयको जग्गामा २०६४ सालमा विद्यालय संग सम्झौता नगरेर दलालबाट जग्गा किनेकाहरु पनि बसेका छन ।

‘सुरुमा जग्गा लिजमा दिएको भन्ने सुनेका थियौ । तर, त्यहाँ भयो के भने लिजमा लिएका मान्छेले एकले अर्कोलाई बेच्न थाले’ नाम नबताउन सर्तमा एक जना स्थानीयले भने ‘विद्यालयले लिजमा एक जनालाई दिएको भएपनि अहिले त्यहाँ अर्को मान्छे बसेका छन ।’

उनले लिजमा लिएकाहरु संग गरिएको सझौता कागजमा जग्गा नापि हुँदा नाममा गरिदिने लेखिएकाले किनबेच हुन थालेको बताए । व्यक्तिगत रुपमा भएको सम्झौताको कागजात भने विद्यालय संग नभएको प्रधानाध्यापक कठायतले बताएका छन ।

तेस्रो पक्षबाट विद्यालयको जग्गा खरिद गरेका चक्र खत्रीले आफूले ५ लाखमा जग्गा किनेको बताए । ‘मैले जग्गा किनेको धेरै भयो । अहिले घरको जग मात्रै हालेको छु । मैले यो जग्गा उतीबेला ५ लाखमा लिएको हुँ । कागज केही छैन । पैसा दिएको कागज चाही छ’ उनले भने ‘यो जग्गा स्कुलको मातहतमा हो । तर, अहिले जसको घर बनाएको छ । त्यसैको हो ।’ उनले आफूले लगत संकलन फारम पनि भरेको बताए ।
‘यहा सबै जग्गा ऐलानी छ । जग्गा पनि मेरो कती होला नापेको छैन । पैला थाहा भएन किनीहाले’ उनले भने ‘यो जग्गा स्कुलले लिने भनेको सुनेपछि के भयो भन्ने जानकारी छैन । मेरो परिवार पनि यही बिद्यालयमा पढाउनुहुन्छ ।’

विद्यालयकै जग्गा ३ लाखमा किनेका पदम बहादुर कठायतले जग्गा किनेर जुवा खेले जस्तै भएको बताए । ‘मैले डबल कठायतबाट जग्गा किनेको हो । मैले तमशुक बनाएर जग्गा किनेको हु । अहिले यो जग्गा जुवा खेले जस्तै भएको छ’ उनले भने ‘बेच्ने मान्छेले मलाई विद्यालयबाट किनेको हो भनेका थिए । मैले विद्यालयले जग्गा बेचेको होला भन्ने सोचे ।’

स्थानीयले हाल जग्गाको मुल्य आकाशिएपछि १४ बर्ष पहिले भएको सम्झौतालाई आफू अनुकुल ब्याख्या गरेर जग्गा हत्याउने प्रयास भइरहेको बताएका छन ।

स्थानीय प्रमे बहादर खत्रीले विद्यालयमा धेरै जसो सरकारी मान्छेहरुले नै घरेडी बनाएको बताए । उनले भने ‘यसमा वनकै कर्मचारी पनि छन । सरकारी मान्छेले नै यो जग्गा लिएका छन । उनीहरुले सुरुमा वास्ता नगरे पनि अहिले जग्गाको मुल्य बढेपछि सबैले दाबी गर्दै छन ।’