खाेज्नुहाेस

घर जलाएर गालिगलौज गर्ने अत्तरिया वनका हाकिमले मागे माफि

Image

अत्तरिया – कैलालीको चौकिडाँडाँमा वादी बस्तीका घर जनाइएको प्रकरणमा मुछिएका सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले माफि मागेका छन । स्थानीयको चर्को बिरोध पछि प्रमुख कडालले इलाका प्रहरी कार्यालयमा सार्वजनिक रुपमा माफी मागेका हुन ।

उनले घरमा आगो लगाएको बिषयमा बुझ्न खोज्दा एक जना दलित अगुवालाई गालिगलौज समेत गरेका थिए । प्रमुख कडालले बुधबार साँझ दलित अगुवा बिक्रम विकले घटनाका बारेमा फोन मार्फत बुझ्न खोज्दा गालिगलौज गरेपछि घटना झन चर्किएको थियो । उनले आफूले आवेगमा आएर गल्ती गरेको स्विकार गरेका छन ।

attariya hospital

फागुन २३ गते गोदावरी नगरपालिका – ३ चौकीडाँडाँमा रहेको बडिमालिका सामुदायिक वनमा अतिक्रमण गरेर बसेका बादी बस्तीलाई वन कार्यालयले हटाएको थियो ।

अतिक्रमण हटाउने क्रममा भत्काएका घर जलाएपछि त्यसको चर्को बिरोध भएको थियो । वादी समुदायले घर भत्काएर जलाउँदा लत्ताकपडा, कागजात र खाने अन्न समेत जलेको दावी गरेका छन ।

navjiwan hospital

उनीहरुले प्रमुख कडाललाई कारवाहीको माग गर्दै बिहिबार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन समेत दिएका थिए । दिनभरी प्रहरी कार्यालयमा रहेका कडालले गालिगलौज गरेका पक्ष संग माफि माग्ने र आगजनीबाट क्षति भएका परिवारलाई राहत दिने सहमति गरेपछि बिवाद साम्य भएको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कडालले गालिगलौज गरेको निवेदन आएको बताए । उनले प्रमुख कडालले लिखित रुपमै माफि मागेपछि विवाद साम्य भएको बताए ।

दलित अगुवा भीम विकले वादी समुदायमा घर जलाइएका परिवारलाई राहत स्वरुप खाद्यान्न दिने सहमती भएको बताए । उनले प्रहरी कार्यालयमा तिनै पक्षबिच कागजी रुपमा सहमती भएर वनका प्रमुख कडालले माफि मागेको बताए ।

सुदूरपश्चिम प्रदेश घुमन्ते मगन्ते भूमिहीन बादी अधिकार संघर्ष समितिकी अध्यक्ष मिठ्ठु बादीले वादी समुदाय प्रतिको अन्याय नरोकिए अझै सशक्त आन्दोलन गर्ने बताईन् । उनले सरकारले एकातिर उचित व्यवस्थापन नहुँदा सम्म सडक किनारामा बस भन्ने अर्को तिर पटक–पटक अतिक्रमण गरेको भन्दै हटाएर घर भत्काउने काम रोकिनु पर्ने बताइन् ।

सम्बन्धित समाचार : चौकिडाँडाँमा वादी बस्तीका घर जलाईए (भिडियो)