खाेज्नुहाेस

सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा पाण्डेय चयन

Image

धनगढी – सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार कात्तिक १४ गते सम्पन्न चौथो अधिवेशनबाट धर्मराज पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

विभिन्न देशमा रहेका सुदूरपश्चिमेली नेपालीहरूलाई समेट्दै नयाँ नेतृत्व चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश जोशी (बहराइन), उपाध्यक्षमा विनोद चन्द (जापान), दिल्ली राज पनेरु (दक्षिण कोरिया) र महिला उपाध्यक्ष दिपा देबी ऎर चयन भएका छन । त्यस्तै, महासचिवमा डम्मरबहादुर खड्का (पोर्चुगल), सचिवमा राजबहादुर साउद (थाइल्यान्ड), कोषाध्यक्षमा भुवनप्रसाद भट्ट (भारत) र सहकोषाध्यक्षमा निलम मल्ल ठकुरी (क्रोएसिया) चयन भएका छन् ।

attariya hospital

समाजको गल्फ संयोजकमा रमेश जोशी र गल्फ उपसंयोजकमा दामोदर ठगुन्ना (यूएई) चयन भएका छन् । त्यसैगरी, केन्द्रीय सदस्यमा विभिन्न देशमा रहेका प्रतिनिधिहरू चयन गरिएको छ ।

navjiwan hospital

यसैबीच, समाजका निवर्तमान अध्यक्ष शेरबहादुर रावतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै संस्थालाई विधानअनुसार अगाडि बढाउने अपेक्षा व्यक्त गरेका छन् ।

पहिलो बैठकबाटै संस्कृत पाठशालालाई ५० हजार सहयोग

नयाँ कार्यसमितिको पहिलो बैठकले सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने निर्णयसमेत गरेको छ । बैठकले डोटीको शिखर नगरपालिका–६, चुडिमा रहेको श्री मष्टा संस्कृत गुरुकुल बिधाश्रमलाई आवश्यक शैक्षिक सामग्री तथा वाद्यवादनका सामग्री खरिदका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

समाजका वरिष्ठ उपाध्यक्ष उमेश जोशीका अनुसार उक्त बिधाश्रमलाई शैक्षिक गतिविधिलाई सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।
विदेशमा रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच एकता, सहकार्य र सामाजिक सद्भाव कायम गर्दै स्वदेशको शिक्षा, संस्कृति तथा सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्यका साथ समाजले आफ्नो गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ ।