खाेज्नुहाेस

चौकिडाँडाँमा वादी बस्तीका घर जलाईए (भिडियो)

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडाँमा वन अतिक्रमण गरेर निर्माण गरिएका घर जलाईएका छन । वडीमालिका सामुदायीक वन छेउमा अतिक्रमण गरेर बनाइएका घर भत्काएर जलाईएका हुन ।

पूर्व पश्चिम राजमार्गको छेउमा बस्दै आएका वादी परिवारले राजमार्ग पछाडीको वन क्षेत्रमा पनि घर बनाएकाले झत्काइएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital

सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले पटक–पटक अतिक्रम हटाउन सूचना गर्दा पनि अटेर गरेपछि घर भत्काइएको बताए । उनले सडक किनारामा बनाइएका घरलाई भने नभत्काइएको बताए । पुर्व पश्चिम राजमार्गमा वन क्षेत्रमा निर्माण गरिएका करिब १२ घर भत्काइएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ ।

सामुदायिक वन, सव डिभिजन वन कार्यालय अत्तरिया, डिभिजन वन कार्यालय धनगढीको रहोवरमा अतिक्रमण हटाइएको थियो ।

वादी समुदायद्धारा विरोध

navjiwan hospital

वन अतिक्रमण गरेर घर भत्काएर वन परिसरमै जलाइएको छ । अतिक्रमण गरेर वसेका वादी समुदायले घर भत्काएपनि जलाउन नहुने भन्दै विरोध गरेका थिए ।

सुदूरपश्चिम प्रदेश घुमन्ते मगन्ते भूमिहीन बादी अधिकार संघर्ष समितिकी अध्यक्ष मिठ्ठु बादीले घर जलाउँदा महत्तपूर्ण कागजात जलेको बताईन् । उनले जानकारी नै नदिएर घरका आगो लगाइएको बताईन् । ‘घर भित्रका सबै समान जलाइदिएका छन । रोडमा हामी आफ्नो माग पुरा गर्नका लागि बसेका हौ’ उनले भनीन् ।

स्थानीय सरीता वादीले आफूलाई वादी भन्दै लात्तीले हानेर फालेको बताइन् । ठूला ठूला मान्छे आएर पनि यस्तो गरेर गए । रेन्जरले रोक्न लाउँदा पनि अरुले कुरै सुनेनन्’ उनले भनीन् ‘हामीले रोडक किनारामै घर बनाएका थियौं । पानी परेपछि अलि जंंगलपट्टी सरेका हौ ।’ उनले वादी भन्दै पहिले देखि आफुहरु माथि अत्याचारा हुने गरेको बताईन् ।

स्थानीय कमला बादीले घरमै नभएको बेला आफ्नो घर जलाइएको बताइन् । ‘कम्तिमा घरको मान्छे भएको बेला भत्काउनु पर्ने । घरमा भएको अन्न पनि जलाएका छन ।’

सम्बन्धित समाचार जग्गा पाउने आशामा धमाधम टहरा बनाईदैं