संखुवासभा – संखुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।

मादी– ६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमक तर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो । मृतकहरुको पहिचान भइसकेको छैन ।
बस दुर्घटनामा परेका ५ जनाको जीवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनास्थलमा ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।

















