खाेज्नुहाेस

पल शाहलाई थप १२ दिन हिरासतमा राखिने

Image

काठमाडौँ- नाबालिग किशोरीको बलात्कार आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई थप १२ दिन हिरासतमा राख्ने भएको छ।

यसअघि प्रहरीले पलमाथि अनुसन्धान गर्न ७ दिनको म्याद लिएको थियो। अनुसन्धान नसकिएकाले म्याद थपका लागि प्रहरीले जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो।

attariya hospital
navjiwan hospital

अब पल थप १२ दिन तनहुँ प्रहरीको हिरासतमा बस्नेछन्। कुनै पनि अभियोगमा थुनामा रहेका व्यक्तिमाथि कम्तीमा २५ दिनभित्र र बढी ३५ दिनभित्र अदालतमा अभियोगपत्र दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ।

नाबालिग किशोरीले तनहुँ जिल्ला प्रहरी कार्यालयमा बलात्कारको किटानी जाहेरी दिएको पाँच दिनपछि पल शाहले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।

उनीमाथि तनहुँ प्रहरी कार्यालय र नवलपुर प्रहरी कार्यालयमा नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा बेग्लाबेग्दै मुद्दा दर्ता गरिएको छ।