डोटि – राष्ट्रीय स्वास्थ्यकर्मी संघ डोटिको अध्यक्षमा पुन: हेमराज जोशी चयन भएका छन । शनिवार सम्पन्न संघको दोस्रो अधिवेशनले जोशी लाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले जोशिको अध्यक्षतामा २१ सदस्यिय नयाँ समिती चयन गरेको छ । समितिको उपाध्यक्षमा खडक बिक र शशि शर्मा जोशी, सचीवमा चक्र बहादुर साउँद, कोषाध्यक्षमा प्रेम बहादुर बोगटी र सह-सचिवमा अविरल खाँती चयन भएका छन् भने बाँकी सदस्य रहेका छन् ।


नेकपा एमालेको जनवर्गीय संगठनका रुपमा रहेको संघको दोस्रो अधिवेशनका प्रमुख अतिथी नेकपा एमाले डोटिका सचिव शेर बहादुर मल्ल रहेका थिए ।
कार्यक्रममा बोल्दै उनले संगठन र पार्टिबिचको समन्वय सुमधुर हुन जरुरी रहेको बताए । उनले केही समय कठिन परिस्थितिमा गुज्रिएको पार्टिले अहिले लय समाति सकेको बताउदै संगठनहरुलाइ आगामी स्थानिय तहको निर्वाचनका लागि समन्वयात्मक र रणनीतिक रूपमा परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यसै गरि संघका नव निर्वाचित अध्यक्ष जोशी ले आफुलाइ दोस्रो कार्यकालका लागि संघको जिम्मेवारी दिने सम्पुर्णलाइ धन्यवाद ज्ञापन गरे । उनले संगठनलाई चलायमान बनाउन सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

















