खाेज्नुहाेस

पार्कले मछेलीको सौन्दर्यता झनै बढ्यो

Image

अत्तरिया – मछेलीमा पार्क निर्माण भएपछि यसको सौन्दर्यता झनै बढेको छ । कैलालीको गोदावरी नगपालिका – ११ मा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मछेली नदी किनारामा पार्क निर्माण गरिएपछि यसको सौन्दर्यता झनै बढेको हो ।

चारैतिर पहाडले घेरीएको नदी किनारा समथल क्षेत्रमा पार्क निर्माणको काम अगाडी बढाइएको छ । प्राकृतिक रुपमै सुन्दर यो क्षेत्रमा शान्त र रमणिय वातावरण छ । जसका कारण यहाँ मानिसहरु पिकनिक गर्न र गर्मीमा चिसो छल्न आउने गर्दछन । गर्मीमा मछेली नदीमा पौडी खेल्नेको पनि भिड लाग्ने गर्दछ ।

attariya hospital

मोहना सिचाई आयोजनाको बाध निर्माण स्थलका रुपमा पनि रहेको यो क्षेत्रको सुन्दरता अझै बढाउन वडाकै लगानीमा पार्क निर्माणको अवधारण अगाडी बढाइएको वडा अध्यक्ष शिव विकले बताएका छन ।

उनले व्यवस्थित पार्क बनाउन ठूलो लगानीको अवश्यकता पर्ने भएपनि हाललाई वडाबाट थोरै रकममा पार्कको आकार दिनका लागि योजना अगाडी बढाइएको बताए ।

‘मछेलीमा पार्क बनाउने ४ बर्ष अगाडीको योजना हो । ४ बर्ष अगाडी हामीले यो क्षेत्रलाई घेरबार गरेर रुख हुर्काउने योजना अगाडी बनाएका थियौ । यो ठाउँमा रुख हुर्काउन सफल नभएपनि अहिले हामीले पार्क बनाउनको लागि घेरबार गरिएको क्षेत्रमा बाटो निर्माण र रंगरोपन गरेका छौ’ उनले भने ‘यस क्षेत्रमा पिकनिङ स्पोर्ट पनि हुने, माथि तिर ताराकोट, नजिकै झुलुङ्गे पुल पनि छ । यसको चारैतिर पर्यटकिय क्षेत्र भएकाले यो ठाउँ रमणिय छ । त्यसैले हामीले यस क्षेत्रलाई पार्क बनाउन वडाबाट सामान्य बजेट विनियोजन गरेर काम अगाडी बढाएका छौ ।’

हाल वडाले ४ बर्ष अगाडी तारबार गरेको ५ कट्टा जग्गामा फुटपात निर्माण संगै रंगरोपन गरेपछि मछेलिको क्षेत्रको सौन्दर्यता झनै बढाएको छ ।

वडा अध्यक्ष विकले यस क्षेत्रमा करिब ४ विगा क्षेत्रफलमा पार्क निर्माण गर्न सकिने बताए । उनले यसका लागि वडाको बजेटले मात्रै सम्भव नभएकाले नगर, प्रदेश र संघ सरकारको सहयोग आवश्यक रहेको बताए । यस क्षेत्रमा पार्क निर्माणका लागि नगर, प्रदेश र संघमा बजेट माग गर्न पहिले डिपिआर बनाउन आवश्यक भएकाले त्यसका लागि लगतै प्रक्रिया थालिने उनले बताए ।

‘लगतै हामीले यसको डिपिआर बनाएर यस क्षेत्रको विकासका लागि प्रदेश, संघ र गोदावरी नगरपालिकामा बुझाउने योजना बनाएका छौ’ उनले भने ‘गोदावरीको वडा नम्बर ११ मा पर्यटन प्रवर्धनका लागि यो क्षेत्रको विकास गर्न खोजेका हौ । जसले गर्दा यस क्षेत्रको प्राकृतिक सौन्दर्यता संगै, यस क्षेत्रका जनताको आयआर्जन पनि बृद्धि गर्न सकिन्छ ।’

वडाले पार्कको अवधारण अगाडी बढाएर तारबार गर्नका लागि आर्थिक बर्ष २०७५/०७६ मा १ लाख बिनियोजन गरेको र चालु आर्थिक बर्षमा थप डेढ लाख विनियोजन गरिएको वडा अध्यक्ष विकले बताए । उनले चारैतिर डाडाँले घेरेको यो क्षेत्रमा फोटोसेसन गर्दा निकै शुन्दर आउने बताए ।

navjiwan hospital

‘अहिले यस पार्कमा आन्तरिक पर्यटन आउन थालेका छन । साँझको समयमा यस क्षेत्रमा स्थानीय ५०÷६० जना पयर्टक दैनिक जसो आउने गरेका छन’ उनले भने ‘अब तत्काल हामीले अहिले संरक्षण गरेको क्षेत्रमा बस्नको लागि कटेज निर्माण गर्ने योजना बनाएका छौ । पार्क भित्र रुख रोप्ने योजना पनि बनाएका छौ ।’

स्थानीय बहादुर बिकले पार्क निर्माण हुन थालेपछि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको बताए । उनले पिकनीक र बर्थडे मनाउन आन्तरिक पर्यटक आउने गरेको बताए ।

‘ओलानी एउटा रिमोट क्षेत्रभित्र रहेको ठाउँ हो । यस क्षेत्रमा भएका पर्यटकिय स्थलको प्रचार–प्रसार हुन सके यहाँ टाढा–टाढा बाट पर्यटक आउने छन । जसले यस ठाउँको मान सम्मान बढ्ने छ’ उनले भने ‘पार्कलाई अझै राम्रो बनाउनको लागि यसको क्षेत्र बिस्तार गरी अझै मानिसलाई लोभ्याउने बनाउन आवश्यक छ । यसको चारैतिर डाँडाँ भएकाले डाँडाँमा भ्ँयू टावर पनि निर्माण गर्न सके अझै पर्यटक आकर्षित गर्न सकिन्छ ।’

अर्का स्थानीय दिपक बिकले पार्क निर्माण पछि यो क्षेत्र निकै रमाइलो बनेको बताए । उनले भने ‘यसमा अहिले टिकटक बनाउने मानिसहरु पनि धेरै आउने गरेका छन । पार्कले यस क्षेत्रलाई चिनाउन मदत गर्छ ।’

बाटोको समस्या 

कैलालीको अत्तरिया बजार देखि १३ किलोमिटर टाढा रहेको यो क्षेत्रमा पुग्न बाटोको समस्या रहेको छ । यहाँ पुग्न करिब १० किलोमिटर कच्ची सडक हिड्नु पर्छ । धुलाम्मे हुने कच्चि सडक पनि मछेली पार्कको छेउको भागमा ठुला ठुला खाल्डा भएका कारण यस पार्कमा पुग्न झनै समस्या हुने गरेको छ ।  स्थानीय दिपक बिकले यस क्षेत्रमा आउने बाटोको समस्या सामाधानका लागि चाडो भन्दा चाडो पहल थालिनुपर्ने बताए ।

उता वडा अध्यक्ष विकले भने पुर्वपश्चिम राजमार्ग देखि प्रदेश सरकारले पिच गर्ने योजना अगाडी बढाएकाले पाकै निजिकै विग्रीएको सडक भने वडाबाटै मर्मत गरिने बताए । उनले भने ‘यस क्षेत्रमा आउनको लागि बाटोको समस्या छ । यसका लागि तलबाट प्रदेश सरकारले पिच गर्ने योजना अगाडी बढाएको छ । पार्क पुग्ने क्षेत्रको बाटो हामी वडा बाटै बनाउने छौ ।’