खाेज्नुहाेस

हत्या गरि ३१ बर्षदेखि फरार रहेका अभियुक्त धनगढीबाट पक्राउ

Image

बाजुरा – हत्या गरि ३१ बर्षदेखि फरार रहेका बाजुराका एक अभियुक्त ३१ बर्ष पछि धनगढीबाट पक्राउ परेका छन । खप्तड क्षेडेदह गाउँपालिका – २ जय बागेश्वरीका ६८ वर्षीय मिनबहादुर सिंह हत्या गरि फरार भएको ३१ वर्षपछि पक्राउ परेका हुन ।

navjiwan hospital

२०४८ साल असोज ६ गतेका दिन भैँसीले कोदोबाली खाएको विषयलाई लिएर गाउँमा विवाद हुँदा सोही वडाका शंकर धामीको हत्या गरी सिंह ३१ वर्षदेखि फरार रहेका थिए ।

attariya hospital

३१ वर्षदेखि फरार रहेका सिंहलाई पक्राउ पछि जिल्ला प्रहरी कार्याल बाजुराले आज प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । सिंहलाई ३१ वर्षपछि लुकिछिपि बसेको अवस्थामा कैलाली प्रहरीको सहयोगमा धनगढीको सन्तोषी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझाले जानकारी दिए ।

२०५४ साल भदौ २५ गते पुनरावेदन अदालत दिपायलले मिनबहादुर सिंह समेतका प्रतिवादीहरुलाई जन्मकैदको फैसला गरेको थियो । त्यस्तै २०७५ असार २८ गते सर्वोच्च अदालतले निज प्रतिवादीलाई १० वर्षको कैद सजायँ फैसला गरेको थियो ।