खाेज्नुहाेस

अत्तरियामा बडुवालको ब्रिफिङ : कांग्रेसलाई दुई तिहाईको पार्टी बनाउन मेरो उम्मेदवारी

Image

अत्तरिया – नेपाली कांग्रेस जिल्ला सभापतिका उम्मेदवार भीम बडुवालले नेपाली कांग्रेसलाई आगामी चुनावमा २ तिहाईको पार्टी बनाउने बताएका छन । चुनावी प्रचारका क्रममा अत्तरियामा पुगेका बडुवालले पार्टीलाई दुई तिहाइमा पु-याउन प्रयत्न गर्ने लगायतका आफ्ना १० बुदे प्रतिवद्धता बारेमा नेता कार्यकर्ता बिच ब्रिफिङ गरेका हुन ।

उनले कैलालीमा रहेका क्रियाशिल सदस्यहरुका स्वाभिमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने प्रयत्न गर्ने बताए । उनले गुटबन्दी मुक्त कांग्रेसका निमिक्त ‘युवा जागरण मेरो अभियान’ संचालन गरिने बताए ।

attariya hospital

आफ्ना प्रतिवद्धताको ब्रिफिङ गर्दै उनले भने ‘पार्टीका कार्यकर्तालाई विकास निर्माणका एजेण्डामा लगाउने, हरेक जातजातिका बिचमा सद्भाव कायम गराउने, भातृ संगठनहरुललाई क्रियाशिल र चुस्त दुरुस्त बनाउने, पार्टी कार्यालय व्यवस्थित गरी हरेका कार्यकर्ताका गुनासा सुन्ने र समस्या सामाधान गर्ने, भ्रष्टाचार विरोधी अभियानलाई तिब्रता दिने, पार्टीलाई समावेशीता, पार्टीमा मुल्य र मान्यता, नीतिमा प्रतिवद्ध हुने र आर्थिक पारदर्शिता कायम गर्ने मेरो प्रतिवद्धता हुनेछ ।’

उनले लामो समय पार्टीमा काम गर्दै जाँदा धेरै अनुभव बटुलेर काम गर्ने क्रममा भएका कमजोरी सुधार गरेर आफू अगाडी बढेको बताए ।

navjiwan hospital

‘कांग्रेस पार्टीलाई परिवर्तन गरौं, यो पार्टीमा राम्रो भावना भएका मानिसहरुको विकास गरौं, यो पार्टीलाई गरिव, निमुखा, तल्लो वर्गका मानिससंग जोडांै, विभिन्न ढंगले संबृद्धिका लागि यो पार्टीलाई लड्ने बनाऔं भनेर मैले आफ्ना कुरा सम्प्रेशण गरेको छु’ उनले भने ‘अहिले आएर साथिहरु मेरा कुरामा सहमत भएको पाएको छु ।’

नेपाल विद्यार्थी संघबाट २०४९ सालदेखि राजनीतिका यात्रा सुरु गरेका बडुवाल नेपाल विद्यार्थी संघ कैलाली सभापति हुँदै तिन पटक कांग्रेस महाधिवेशन प्रतिनिधि÷महासमिति सदस्य चयन भइसकेका छन ।

उनले २०६७ सालमा जिल्ला सचिव र २०७२ सालमा जिल्ला सभापति पदमा उम्मेदवारी दिएका भएपनि पराजित भएका थिए ।

भिडीयो हेर्नुहोस्