खाेज्नुहाेस

फिलिपिन्समाथि नेपालको सानदार जित

Image

काठमाडौं – टि–२० विश्वकप छनोट अन्तरगत फिलिपिन्स माथि नेपालले सानदार जित निकालेको छ । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार साझेदारी र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले १३६ रनको जित निकालेको हो । जारी प्रतियोगितमा नेपाल लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

navjiwan hospital

नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बन्यो । यसअघि कुशल भूर्तेलको शतक तथा दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रनको योगफल खडा ग-यो ।

attariya hospital

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए । पाँचौँ ओभरमा कुशल मल्ल पनि १२ रनमै आउट भए । त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले विशाल योगफल खडा ग¥यो ।