अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–६, लापुरमा सम्पन्न यू–१८ नवीन मेमोरियल कप फुटबल प्रतियोगिताको उपाधि आयोजक टोली टिम नवीनले जितेको छ।
प्रतियोगिताको फाइनलमा जीएसएम (GSM) र टिम नवीनबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको थियो।


त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा टिम नवीनले जीएसएमलाई ३–२ गोलले पराजित गर्दै उपाधि जित्न सफल भयो।
उपाधिसँगै टिम नवीनले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता जीएसएमले २० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ।
प्रतियोगिताको समापन कार्यक्रममा गोकर्ण भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

















