अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० का जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा गोदावरी जेष्ठ नागरिक वडा समितिले ७० बर्ष माथिका ३ सय २० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो ।
वडा कार्यालय परिसरमा सोमबार एक औपचारीक कार्यक्रमका बिच जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको थियो ।


जेष्ठ नागरिक समाज वडा समितिका अध्यक्ष भिम बहादुर मल्लको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रबिन्द्र शाही रहेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष शाहीले स्थानीय सरकार सधै जेष्ठ नागरिकको सम्मानका लागि तत्पर रहेको बताए । उनले जेष्ठ नागरिकलाई स्थानीय सरकार भएको महशुस गराउनका लागि कम्बल वितरण गरिएको बताए ।
‘जेष्ठ नागरिकलाई हामीलाई हेर्ने पनि सरकार छ भन्ने आभास गराउनका लागि कम्बल वितरण गरिएको हो’ उनले भने ‘जेष्ठ नागरिकका छोरा बुहारी बन्नका लागि हामी जनप्रतिनिधि तयार छौ ।’
उनले जेष्ठ नागरिकका लागि चालु आर्थिक बर्षमा २ लाख बजेट विनियोजन गरिएको बताए ।
जेष्ठ नागरिक समाज वडा समितिका उपाध्यक्ष गोपाल दत्त भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन वडा सदस्य भुवन भट्टले गरेका थिए ।




















