अत्तरियाको जित्तलपुरमा ढलको निकास नहुँदा बस्ती नै दुर्गन्धित

अत्तरिया – गोदावरी नगरपालिका – १ अत्तरियामा रहेको जित्तलपुर बस्तीमा ढलको निकास नहुँदा बस्ती नै दुर्गन्धित बनेको छ । १ सय १७ घरधुरी रहेको उक्त बस्तीको ढल निकासका लागि नाली नहुँदा बस्ती नै दुर्गन्धित बनेको छ ।

maya metro hospital

मुक्त कमैया परिवार बसोवास गर्ने उक्त बस्तीमा प्रतिपरिवार ६ धुर मात्रै जग्गा रहेको छ । सो जग्गामा घर बनाएका उनीहरुले घरको फोहर पनि फाल्ने व्यवस्थीत नाला नहुँदा आँगनमै फोहर पानी फाल्नु पर्ने बाध्यता रहेको छ । त्यसैमा अत्तरिया बजार क्षेत्रको फोहर पानी पनि सोही बस्तीमा पस्ने गरेका कारण झन समस्या बढेको छ ।

joshi vada pasal 2

स्थानीय फुलमती डगौराले बस्तीको ढल निकासका लागि पटक पटक स्थानीय सरकार संग आग्रह गर्दा पनि सुनुवाई नभएको बताईन् । उनले वडा देखि नगरपालिकामा कुरा राखे पनि कसैले आफ्ना कुरा नसुन्ने गरेको बताईन् । ‘ढलको समस्या समाधानका लागि हामीले पटक–पटक निवेदन पनि दिइसकेका छौ’ उनले भनीन् ‘नगरपालिकामा सबै संग कुरा राखिसक्यौ । खै के गर्छन हाम्रा कुरा सुन्दै सुन्दैनन् ।’
उनले ढल निकास नहुँदा बस्तीमा पानी जमेर दुर्गन्धित भएको बताईन् । उनले बर्षातमा झन ढलको पानी घर भित्र पस्ने गरेको बताईन् ।

raunak fals and silling

‘बाटोभरी ढलको पानी छ । पानी परेपछि झन हिड्न नै मिल्दैन’ उनले भनीन् ‘बर्षातमा घर भित्र खाना पकाउन पनि समस्या हुन्छ । कतिचोटी समस्या राखिसक्यौ । न त मेयरले सुन्छन । न त हाकिमले सुन्छन । न वडा अध्यक्षले सुन्छन् । अब हामी कहाँ गएर भन्ने ।’

स्थानीय बालकृष्ण चौधरीले ढल निकासका लागि सम्बन्धित निकाय संग पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको बताए । उनले ढल संगै बाटो पनि व्यवस्थित हुन नसकेको बताए । ‘ढल निकास नहुँदा बर्षातमा पुरै बस्तीमै पानी भरिने गरेको छ’ उनले भने ‘आवतजावतमा पनि समस्या हुन्छ ।’ हाल सो बस्तीमा २०५७ सालमा मुक्त कमैया भएका परिवार बस्दै आएका छन ।

२० बर्ष अगाडी सुरक्षा सामुदायिक वन क्षेत्रमा बसेका उनीहरुलाई ५ बर्ष अगाडी तत्कालिन स्थानीय राजनीतिक सर्वदलिय संयन्त्रले वनको किनारामा प्रतिपरिवार ६ धुर जग्गा दिएर बसाएको थियो ।

सरकारले दिएको जग्गामा घर मात्रै बनाएका उनीहरु मध्ये अधिकासंले अहिले ज्याला मजदुरीको काम गर्दै आइरहेका छन । हाल बस्तीको धनगढी–अत्तरिया सडक किनारामा घर भएका २२ परिवारले प्रतिपरिवार ५ धुर जग्गाको जग्गाधनी पुर्जा पाएका भएपनि अन्य परिवारले भने अझै जग्गाधनी पुर्जा पाएका छैनन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.