खाेज्नुहाेस

प्रदेश राजधानी तोकिएको गोदावरीको जनसंख्या २८ प्रतिशतले बढ्यो

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिकाको जनसंख्या दश बर्षमा २८ दशमलव १४ प्रतिशतले बढेको छ । केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गोदावरीको जनसंख्या २८ दशमलव १४ प्रतिशत अर्थात २१ हजार ९५५ ले बढेको हो ।

गोदावरीमा २०६८ को जनगणना अनुसार कुल जनसंख्या ७८ हजार १८ रहेकोमा २०७८ मा बढेर ९९ हजार ९७३ पुगेको छ ।

attariya hospital

तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार नेपालको जनसंख्या १० बर्षमा १० दशमलव १८ प्रतिशतले मात्रै बढेको देखाएको थियो । गोदावरीमा भने त्यसको झण्डै तिन गुणा बढीले जनसंख्या बढेको पाइएको छ ।

navjiwan hospital

यस्तै गोदावरीमा पुरुषको जनसंख्या ११ हजार २ सय २१ ले बढेको छ भने महिलोको जनसंख्या १० हजार ७ सय २४ ले बढेको छ । अर्थात नगरमा १० बर्षमा पुरुषको जनसंख्या ३० दशमलव ६२ र महिलाको जनसंख्या २५ दशमलव ९२ प्रतिशतले बढेको छ ।

२०६८ को जनगणना अनुसार नगरमा पुरुषको जनसंख्या ३६ हजार ६४२ रहेकोमा हाल बढेर ४७ हजार ८७३ पुगेको छ । त्यस्तै २०६८ मा महिलाको जनसंख्या ४१ हजार ३७६ रहेकोमा हाल बढेर ५२ हजार १०० पुगेको छ । नगरमा महिलाको जनसंख्या बढी भएपनि जनसंख्या बढ्ने दर भने पुरुषको बढी रहेको पाइएको छ ।

यस्तै नगरमा घरधुरीको संख्या पनि बढेको छ । २०६८ को जनगणना अनुसार घर नगरमा घरधुरीको संख्या १४ हजार ९१५ रहेकोमा हाल बढेर १९ हजार ३५६ पुगेको छ ।

कैलालीमा सबैभन्दा बढी जनसंख्या धनगढी उपमहानगरपालिकाको रहेको छ । धनगढीको जनसंख्या २ लाख ४ हजार ७८८ पुगेको छ । जिल्लामा सबैभन्दा कम जनसंख्या मोहन्याल गाउँपालिकाको २१ हजार २८५ रहेको छ ।