अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघिय सरकारले प्रदेश राजधानी तोकेको जग्गाको स्वामित्व नदिदा राजधानी निर्माणको काम अगाडी बढ्न नसकेको बताएका छन । प्रदेशसभा स्थापनाको चार वर्ष पूरा भएर पाँचौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशसभाले शुक्रबार धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले सबै प्रक्रिया पुरा गर्दा पनि संघिय सरकारले स्वामित्व नदिएको बताए ।
‘अहिले सम्म हामीले जग्गाको स्वामित्व नपाउँदा त्यहाँ एउटा पनि काम गर्न सकेका छैनौ’ उनले भने ‘मान्छेले भन्न सक्छन । किन काम भएन ? के का कारणले रोकियो ? तर म भन्न चाहन्छु । जग्गा नपाएका कारणले मात्रै रोकिएको हो । हामीले आफ्ना सबै बिधि प्रक्रिया पुर्याउदा पुर्याउँदै पनि संघिय सरकारले जगा नदिदा सम्म हामीले काम गर्न सक्दैनौ ।’

उनले जग्गाको स्वामित्व नपाउँदा सम्म कुनै पनि बस्तु खरिद गर्न नपाइने व्यवस्था भएकाले राजधानीका लागि काम अगाडी बढाउँन समस्या भएको बताए ।

‘एउटा वडा कार्यालय बनाउनको लागि पनि जग्गा नपायो भने त्यहा काम हुँदैन’ उनले भने ‘हाम्रो नेपालको खरिद ऐन कस्तो छ । जबसम्म त्यो जग्गा आफ्नो स्वामित्वमा आउँदैन । तबसम्म हामी त्यहाँ खर्च गर्न सक्ने स्थिति हुँदैन ।’
उनले संघिय सरकारले जग्गा भोगचलन दिन रोक लगाएकै कारण प्रदेश सरकारले गर्ने धेरै विकास निर्माणका काम पनि रोकिने गरेको बताए ।
‘धनगढीको फाप्ला क्रिकेट मैदानका लागि पहिलो बर्ष हामीले ठूलो रकम छुट्यायौ । त्यो जग्गा हाम्रो नाममा नभएको कारणले हामीले खर्च गर्न सकेनौ’ उनले भने ‘केन्द्रको क्वाविनेट नजिक पुगेको फाइल पनि एक एक बर्ष सम्म रोकियो ।’
उनले सबै प्रक्रिया पुगाउँदा पनि संघिय सरकारले जग्गा नदिदा विकास निर्माणका काममा समस्या हुने गरेको बताए । उनले नेपालमा सिष्टम परिवर्तन हुँद नसक्दा धेरै कामहरु गर्न नसकिएको बताए । उनले यसका लागि प्रशासनिक सिष्टममै परिवर्तन आवश्यक रहेको बताए ।
सुदूरपश्चिम प्रदेश सभाको ४६ औँ बैठकले २०७५ साल १२ असोज गोदावरी नगरपालिका – ४ मा राजधानी निर्माण गर्ने घोषणा गरेको थियो ।


















