खाेज्नुहाेस

देशभर ११ हजार बढी कोरोना संक्रमित थपिए

Image

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

navjiwan hospital

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२८ पुगेको छ।

attariya hospital

यस्तै बुधबार ६१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा १८ हजार ७८ पीसीआर तथा ५ हजार ३३१ एन्टिजेन परीक्षण भएको छ।