खाेज्नुहाेस

बैतडीमा कोरोना संक्रमित बढ्दै 

Image

बैतडी – पछिल्लो समय जिल्लामा कोरोना संक्रमित बढ्दै गएका छन् । भारतमा संक्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्दा बढी जोखिममा बैतडी छ। उनले भने, ‘भारतसँग सीमा जोडिएकोले जिल्ला पनि उच्च जोखिममा छ ।’ हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ पुगिसकेका छन् ।

कार्यालय स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १७ जना छन् । यस्तै पाटन, पुर्चौंडी र मेलौली नगरपालिकामा क्रमशः सात, चार र दुई पञ्चेश्वरमा छ,सिगासमा दुई, सुर्नया एक, शिवनाथ गाउँपालिकामा एक जना छन् । सक्रिय संक्रमित सबै होम आइसोलेशनमा छन् ।

attariya hospital
navjiwan hospital

यसैबीच दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शून्य छन् । यी पालिकामा हाल एकजना पनि सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जनाएको छ । सिमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गरिँदैछ । नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत परीक्षण गरिन लागिएको हो ।

कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डपालना गर्न आग्रह गरिएको छ । जिल्लाका हालसम्म संक्रमणकै कारण १९ जनाले ज्यान गुमाइसकेका छन् ।

रासस