खाेज्नुहाेस

अत्तरिया कृषि बजारको जग्गा बर्षौदेखि अतिक्रमणमा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा रहेको कृषि उपज थोक बजारको जग्गा बर्षौदेखि अतिक्रमणमा परेको छ । बजारको अत्तरिया– धनगढी ६ लेन सडक किनारामा रहेको करोडौं मुल्य पर्ने जग्गा अतिक्रमणमा परेको हो ।

२० बर्ष अगाडी अतिक्रमणमा परेको जग्गाको अतिक्रमण हटाउन पटक–पटक पहल भएपनि हटाउन नसकिएको स्थापना कालदेखि नै उक्त बजारको नेतृत्व गरेका नन्दलाल भट्टले बताए ।

attariya hospital

उनले कृषि बजारका लागि छुट्याएको १२ कठ्ठा जग्गा अतिक्रमणमा परेको बताए । ‘उतीबेला भोकाधिकार कृषि मन्त्रालयमा रहने गरी श्रीपुर मालाखेती साना किसानलाई कृषि बजार संचालन गर्नका लागि दिइएको थियो’ उनले भने ‘पछि तत्कालिन समयमा साना किसानका कर्मचारीले नै बदमासी गर्न थालेपछि त्यसपछि यसको छुट्टै समिति बनेको थियो । सोही समयमा यसको जग्गा पनि अतिक्रमणमा परेको थियो ।’

उनले २०५५ सालमा स्थापना गरिएको कृषि बजारको दक्षिण तर्फको १२ कठ्ठा जग्गा २०५८ सालमै मै अतिक्रमणमा परेको बताए ।
‘यहाँ एक जना झोपडी बनाएर बसेका थिए । उनको माथिल्लो निकाय संम्म पहुच रहेछ’ उनले भने ‘ अतिक्रमण हटाउन तत्कालिन जनआन्दोलनका समयमा जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको भएपनि त्यो समयमा जनआन्दोलनका कारण अतिक्रमण हटाउन सकिएन् ।’

२०५५ सालमा स्थापना भएको बजार संग हाल ३ बिगा १८ कठ्ठा जग्गा मात्रै बाँकी रहेको छ ।

navjiwan hospital

सुरुमा हाट बजार नामाकरण गरिएकोमा २०६१ सालमा यसको नाम क्षेत्रीय कृषि उपज थोक बजार राखिएको थियो भने २०७२ सालमा मात्रै यसको नाम कृषि उपज थोकबजार राखिएको हो । कृषि उपज थोक बजारका अध्यक्ष भट्टले स्थानीय सरकार र प्रशासनले पहल गरेमा मात्रै अब अतिक्रमण हटाउन सकिने बताए ।

संघिय सरकार मातहतमा रहेको यो बजारलाई हाल नमूना बजार बनाउने भनेर सर्भे समेत भइसकेको छ । तर, नमूना बजार बनाउनका लागि हालको जग्गा अभाव हुने देखिएको छ ।

कृषि विभागका कृषि अर्थ विज्ञ डा. महादेव प्रसाद पौडेलले यहाँ बजार स्थापना गर्न तत्कालिन कृषि मन्त्रालयले दामनको आफ्नो जग्गा वनलाई दिएर यो जग्गा आफ्नो मातहतमा लिएको बताए ।

उनले यो बजारलाई बिस्तार गर्नका लागि जग्गाको थप आवश्यकता पर्ने भएपनि अहिले भएको जग्गा पनि अतिक्रमणमा पर्नु दुःखद भएको बताए ।

‘यो बजारलाई अझै विस्तार गर्न जग्गा थप्नुपर्ने अवस्थामा भएको जग्गा पनि अतिक्रमणमा पर्नु दुःखद हो’ उनले भने ‘यो अतिक्रमण हटाउनका लागि स्थानिय सरकाले पक्रिया पुगाएर हटाउन आवश्यक छ । यसका लागि स्थानीय सरकाले सहयोग गर्नुपर्छ ।’

अत्तरियाको यो बजार देशभरकै १० वटा कृषि बजार मध्ये संघिय सरकार मातहतमा रहेको एक बजार हो । कृषि उपज थोक बजारमा हाल ३० ओटा कृषि थोक पसल र ५ ओटा खुद्रा कृषि पसल रहेका छन । ति सबै पसललाई कृषि उपज थोक बजारले भाडामा दिएको छ ।

बजारबाट भारत संगै नेपालका कैलाली, कन्चनपुर, डडेल्धुरा, बैतडी, डोटी लगायतका क्षेत्रबाट तरकारी आउँने र केन्द्रबाट स्थानीय बजार संगै काठमाण्डौ लगायत मौसम अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाईने गरिएको छ । हाल यसै बिजार भित्र कोल्ड स्टोर पनि निर्माणाधिन अवस्थामा रहेको छ ।