खाेज्नुहाेस

व्यवसाय उन्मुख बन्दै गोदावरीका दलित महिला

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका दलित महिलाहरु व्यवसाय उन्मुख बन्न थालेका छन । चुलो–चौकोमा सिमित रहने उनीहरु खालि समयको सदुपयोग गर्ने किसिमका व्यवसायमा आकर्षित हुन थालेका छन ।

चेतनाको विकास संगै महिलाहरुले पनि प्रत्यक्ष रुपमा आर्थिक गतिबिधिमा सहभागि हुन आवश्यक रहेको महशुस गरी दलित महिलाहरु पनि बिभिन्न किसिमका सिपमुलक तालिम सिक्न थालेका छन ।

attariya hospital

स्थानिय सरकार आएपछि वडा र नगरमार्फत दलित महिला लक्षित तालिम आयोजना हुन थालेपछि महिलाहरु पनि ति कार्यक्रममा सहभागिता जनाउन थालेका हुन । गोदावरी नगरपालिका – १ को आर्थीक सहयोगमा संचालन भएको डल तथा कुशन तालिम लिएकी विजयनगरकी शुशीला कुमारी चुनारा विकले सिप सिकेर आयाआर्जन गर्नका लागि घरमै बसेर डल तथा कुशन निर्माण गर्ने बताईन् ।

‘अहिले घरमा बसेर चुलो चौकोको काममा सिमित छु’ उनले भनीन् ‘अब तालिम लिएपछि घरमै बसेर डल बनाउँछु । बजारको लागि पनि तालिममा जानकारी पाएकी छु ।’ स्थानिय देवी विकले तालिमबाट ५ वटा किसिमका डल तथा कुशन बनाउन सिकेको बताइन् । उनले बजारमा अहिले धेरै प्रतिस्पर्धा भएकाले अझै धेरै प्रकारका डल तथा कुशन बनाउन सके बजारमा प्रतिस्पर्धा गर्न सहज हुने बताईन् ।

‘अझै राम्रोसंग धेरै किसिमका डल कुशन बनाउन सिकाइदिएको भए हामीले पनि दलित महिलाहरु यसरी काम गर्न सक्छन भन्ने देखाउने थियौ’ उनले भनीन् । बासघारी टोलकी बिस्ना विकले अब तालिम पाएपछि डल तथा कुशनको व्यापार गर्ने बताईन् । ‘अब म बजारबाट डल कुशन बनाउने सामान घरमा लगेर जान्छु’ उनले भनीन् ‘घरमा डल कुशन बनाएर बेच्ने छु ।’

navjiwan hospital

स्थानीय खेमा विकले पहिले महिला लक्षित कार्यक्रम आएपनि थाहा नहुने गरेकोमा अहिले भने दलित महिलाकै लागि कार्यक्रम आउँदा आफूहरुले पनि सहभागि हुने अवसर पाउन थालेको बताईन् । ‘पहिले महिलाका लागि के कार्यक्रम आएका छन भन्ने पनि थाहा हुन्थेन्’ उनले भनीन ‘पहिले हामी चुलोचौको मै सिमित थियौ । फुर्सद भएपनि फुर्सद मिलाउन जानेका थिएनौ । अब भने हामी पनि केही गर्न सक्छौ भन्ने लागेको छ ।’

वडा स्तरीय दलित महिला उपभोक्ता समितिकी अध्यक्ष राजुदेवी विकले वडा भरीका दलित महिला मध्ये २० जनालाई सिपमुलक डल तथा कुशन बनाउने तालिम दिएको बताईन । उनले स्थानिय सरकार आएपछि वडाबाट विगत तिन बर्षमा ३ वटा दलित महिलाहरुका लागि सिपमुलक तालिम आयोजना गरेको बताईन् ।

‘अहिले तालिमबाटै सिप सिकेका धेरै दलित महिला आत्मनिर्भर भएका छन । यस्ता तालिमले अहिले धेरै जसो महिलाहरु घरमै बसिबसी आफ्नो र बच्चाको जिविकोपार्जन गर्न सक्ने भएका छन’ उनले भनीन् ‘म पनि २०६३ सालदेखि महिलाका हक हितका लागि काम गरिरहेकी छु । मैले सो अवधिमा महिलाका लागि बिभिन्न कार्यक्रम आएपनि त्यसमा दलित महिला नसमेटिएको देखे । त्यसैले अहिले दलित महिलाकै लागि भनेर छुटै कार्यक्रम आयोजना गर्ने गरेका छौ ।’

उनले दलित महिला लक्षित कार्यक्रम आयोजना गर्न थालिएपछि दलित महिला पनि व्यवसाय उन्मुख हुँदै गएको बताईन् ।