खाेज्नुहाेस

सेतीमा उपचाररत २ कोरोना संक्रमित डिस्चार्ज

Image
navjiwan hospital

अत्तरिया – कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना उपचारका लागि भर्ना भएका २ जना डिचार्ज भएका छन । कोरोना जितेपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार हाल सेतीमा १६ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ जनाको आईसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यसैबिच दैनिक जसो कोरोना परिक्षण हुँदै आएको सेतीमा पछिल्लो २४ घण्टामा भने कुनै परिक्षण नगरिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा शनिबार १ सय ४ नमूनाको कोरोना परिक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

attariya hospital