खाेज्नुहाेस

पीएम कपमा सुदूरपश्चिमको दोस्रो जित

Image

काठमाण्डौं – प्रधानमन्त्री कप (पीएमं) टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको समूह ‘ए’को खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ९ विकेटको क्षतिमा १५८ रन जोड्यो । प्रदेश एकका लागि मुकुन्द यादवले ३४ रन,सोनु अन्सारीले ३१ रन, मिनास थापाले २३ रन र अंकित सुवेदीले २३ रनको योगदान गरे । बलिङमा सुदूपश्चिमका हेमन्त धामी र नारायण जोशीले २–२ विकेट लिए ।

attariya hospital
navjiwan hospital

१५९ रनको लक्ष्य सुदूरपश्चिमले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि राजु रिजालले नटआउट ६८ रन जोडे। उनले ५२ बलमा ९ चौका र २ छक्का हिर्काए । कप्तान सन्तोष भट्टले ४८ रन र अर्जुन साउदले नटआउट २६ रन बटुले । साउदले ११ बलमा ३ चौका र १ छक्का हिर्काए ।

दोस्रो जितसँगै सुदूरपश्चिमले चार खेलबाट चार अंक जोेडेको छ । यससँगै सुदूरपश्चिमले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । प्रदेश–१ भने जितबिहीन छ ।

प्रदेश–१ ले अन्तिम खेल नेपाल पुलिसविरुद्ध सोमबार खेल्नेछ । खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि शनिबार हुने भनिएको प्रदेश–१ र नेपाल पुलिसबीचको खेल स्थगित भएको थियो । समूह ‘ए’बाट नेपाल पुलिस र त्रिभुवन आर्मीले क्रमशः पहिलो र दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।