दार्चुला – दार्चुलामा प्रहरी र ट्राफिक प्रहरीबीच झडप हुँदा एक जना घाइते भएका छन । बुधबार राति करिब ८ बजे मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप हुँदा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएका हुन ।
चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद बढ्दै गएपछि झडप भएको एक प्रहरी अधिकारीले पुष्टि गरे । उनका अनुसार सवारी साधन चेकजाँचको विषयलाई लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि झडप भएको थियो ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले चौकीमा झडप भएकोबारे आफूलाई जानकारी नभएको बताए । ‘झडप भएको जानकारी छैन । त्यस्तो नभएको होला’ उनले भने‚ ‘सामान्य विवाद भए पनि त्यो समाधान हुन्छ ।’
झडपमा संलग्न सुरक्षाकर्मीहरूलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको छ ।

















