सुन्नु हजुर यस्तो बर माग्छु नेपालको माटो बचाउने
नारी पुरुष बीचको भेदभावको दूरी बाटो बचाउने ।।
म आफै मरेर साच्चिकै जानु परे पनि के भो हजुर
रहर छ मलाई बलिदान दिने रगतको टाटो बचाउने ।।


आज आफ्नै नेपालको पहिचान हराउँदा यति खेर
दाउरा, सुरुवाल सोचे कोदोको रोटी आँटो बचाउने ।।
गरिबी भष्टचारले अस्तव्यस्त छ नेपाल
इमान कमाउने व्यक्तिकै जता पनि फाटो बचाउने ।।
नेता ज्यू आफै झगडा गरिरहेका हुन्छन् जहाँ हेर्नु
भन्छु है ! म त असल सपुत्री बनी साटो बचाउने ।।
बुढिगंगा नगरपालिका – ९ बाजुरा
बिनिता विश्वकर्मा (बिनु)

















