कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ गुलरियामा ‘नाइट पेनाल्टी सुटआउट’ प्रतियोगिता आयोजना हुने भएको छ। न्यू जेनेरेसन युथ क्लबको आयोजनामा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिता कार्तिक ६ गते शुक्रबारदेखि सिंहपुर सामुदायिक खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता साँझ ६ बजेदेखि सुरु हुनेछ।

प्रतियोगितामा प्रथम हुने टोलीले ३९ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने टोलीले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ युवा र समृद्ध समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।


















