अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाँडाँमा स्कारपियोलले अटोरिक्सालाई ठक्कर दिदाँ ६ जना घाइते भएका छन । महेन्द्रनगरबाट अत्तरिया तर्फ आइरहेका स्कारपियोले विपरित दिसातर्फ गइरहेको अटोरिक्सालाई ठक्कर दिदाँ ६ जना घाइते भएका हुन ।

भारतिय युके ०४ एजी ९५७८ नम्बरको स्कारपियोले से १ ह १९ ७० नम्बरको अटोरिक्सालाइ ठक्कर दिदाँ भएको दुर्घटनामा स्कारपियोमा सवार ३ जना र अटोमा सवार ३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । ।

घाईते हुनेहरुमा अटो चालक ३३ बर्षिय भवानी महरा, अटोमा सवार २९ बर्षिय निर्मला सिंह, बझाङको बुगंल नगरपालिका ४ बस्ने ४८ बर्षिय दुर्गा नाथ स्कारपियोमा सवार १२ बर्षिय बिष्णुमणी जोशी, ४२ बर्षिय मनोज पन्त र ९ बर्षिय सिद्धी जोशी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेलले बताए ।
उनले स्कारपियोमा सवारी सबै नैतितालका रहेको बताएका छन । घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीरले जनाएको छ

















