काठमाडौं – भारतमा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । भारतमा ओमीक्रोन तीव्रगतिमा फैलिरहेको हो ।
भारतमा आजसम्म ओमीक्रोनका १ हजार ४ सय ३१ संक्रमित फेला परिसकेका छन् । महाराष्ट्र र दिल्लीमा ओमीक्रोन तीव्र गतिमा फैलिरहेको हो ।

महाराष्ट्रमा हालसम्म ४ सय ५४ जनामा ओमीक्रोन पुष्टि भइसकेको छ । ओमीक्रोनबाट भारतमा दुई जनाले ज्यान गुमाइसकेका छन् । दिल्लीमा समेत ३ सय ५१ जनामा ओमीक्रोन पुष्टि भएको छ ।

ओमीक्रोन पुष्टि भएका मध्ये ४ सय ८८ जना संक्रमण मुक्त भइसकेका छन् । भारतमा कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै २२ हजार नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ८ हजार जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा मात्रै ४ सय ६ संक्रमितले ज्यान गुमाएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४७ हजार ८१ पुगेको छ ।



















