खाेज्नुहाेस

दिल्लीमा उग्र बन्दै प्रदर्शन, १५ सयभन्दा धेरै पक्राउ

Image

भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बेनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै भएको प्रदर्शनका क्रममा प्रहरीले हालसम्म १ हजार ५ सय भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइसकेको छ।

attariya hospital

जन्तर-मन्तर, कनोट प्लेस र मिन्टो ब्रिजलगायतका विभिन्न क्षेत्रहरूबाट प्रदर्शनकारीहरू पक्राउ परेका हुन्। दिउँसो करिब १ बजे इम्तियाज अली मार्गस्थित आकाशवाणी भवन नजिक प्रदर्शनकारीहरूले ब्यारिकेड तोडेर प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए।

navjiwan hospital

सो झडपमा परी दुई जना प्रहरी घाइते भएका छन्।

प्रदर्शनकारीले सुरक्षा घेरा तोडेपछि प्रहरीले उनीहरूलाई लखेटेर नियन्त्रणमा लिएको थियो। सो क्रममा भएको झडपमा एक प्रदर्शनकारीको टाउको फुटेको छ।

यसैबीच, सीजेपीका संस्थापक अभिजित दिपकेलाई मुम्बईबाट दिल्ली आइपुगेको विमानभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसँगै सीजेपीका नेताहरू सौरव दास र आशुतोष राङ्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले चर्चित युट्युवर धुर्व राठीलाई भने आन्दोलन सुरु हुन अघि नै पक्राउ गरेको थियो ।

मतदाता नामावलीमा व्यापक धाँधली भएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर रोक्न माग गर्दै आन्दोलन चर्काएको हो।