खाेज्नुहाेस

अत्तरियामा रहेको सुरक्षा सामुदायिक वनमा निर्माण गरिएका १५ टहरा भत्काइए

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा रहेको सुरक्षा सामुदायिक वनले वनमा निर्माण गरिएका १५ टहरा भत्काएको छ । सब डिभिजन वन कार्यालय अत्तरिया, इलाका प्रहरी कार्यालय मालाखेती, डिभिजन वन कार्यालय धनगढीको रहोवरमा सामुदायीक वनले अतिक्रमण गरी बनाएका १५ टहरा भत्काएको हो ।

सामुदायिक वनले डोजर प्रयोग गरेर अत्तरियाको पुर्व रोड क्षेत्र, धनगढी रोड र भरतपुर क्षेत्रमा अतिक्रमण हटाएको जनाएको छ ।
सुरक्षा सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले वनको क्षेत्रफल ३५ हेक्टर रहेकोमा १ हेक्टर जति क्षेत्रफल पछिल्लो समय अतिक्रममा परेको बताईन् ।

attariya hospital
navjiwan hospital

‘वन अतिक्रमण गरेका अझै ५ जनाको संरचना हटाउन बाँकी छ’ उलने भनीन् ‘जसमध्ये १ जनाले ३ वटा पक्की सटर निर्माण गरेका छन भने अरुले तरकारी खेती समेत गरेका छन । ति सबै संरचना हटाउन सव डिभिजन वनले ३ दिने सूचना निकाल्ने भनेको छ ।’

सव डिभिजन वन कार्यालय अत्तरियाले अतिक्रमण हटाएको ठाउँमा तारबार गर्ने जनाएको छ । सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडाल पटक–पटक अतिक्रम हटाउन सूचना गरेपनि अटेर गरेपछि डोजर लगाएर अतिक्रमण हटाइएको बताए । उनले सामुदायिक वन मार्फत तारबार गरेर, सो ठाउँमा असार महिनामा वृक्षारोपण गरिने बताए ।

सम्बन्धित समाचार  अत्तरियाको सुरक्षा सामुदायिक वनको अतिक्रमण हटाइदैं