अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा रहेको सुरक्षा सामुदायिक वनको अतिक्रमण हटाउन थालिएको छ । अत्तरियाको पुर्व रोड क्षेत्र, धनगढी रोड र भरतपुर क्षेत्रमा गरिएको वन अतिक्रमण हटाइदैं छ ।

सुरक्षा सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले सब डिभिजन वन कार्यालय अत्तरिया, इलाका प्रहरी कार्यालय मालाखेती, डिभिजन वन कार्यालय धनगढीको रहोवरमा अतिक्रमण हटाइरहेको जनाएकी छिन ।

उनले वनको क्षेत्रफल ३५ हेक्टर रहेकोमा १ हेक्टर जति क्षेत्रफल पछिल्लो समय अतिक्रममा परेको बताईन् । ‘४ जनाको अतिक्रमण हटाइसकेका छौ’ उनले भनीन् ‘अझै १० जनाले बिभिन्न ठाउँमा अतिक्रमण गरेका छन । ति सबै अतिक्रमण हामीले हटाउँदै छौ ।’
सव डिभिजन वन कार्यालय अत्तरियाले अतिक्रमण हटाएको ठाउँमा तारबार गर्ने जनाएको छ । सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडाल पटक–पटक अतिक्रम हटाउन सूचना गरेपनि अटेर गरेपछि डोजर लगाएर अतिक्रमण हटाइएको बताए । उनले सामुदायिक वन मार्फत तारबार गरेर, सो ठाउँमा असार महिनामा वृक्षारोपण गरिने बताए ।

















