खाेज्नुहाेस

माओवादीकै बलले हामी संविधान सभामा जान तयार भएका हौं – प्रधानमन्त्री देउवा

Image

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीकै बलले आफूहरु संविधान सभामा जान तयार भएको बताएका छन् ।

navjiwan hospital

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले माओवादीकै बलले आफूहरु संविधान सभामा जान तयार भएको बताए ।

attariya hospital

‘पुष्पकमल दाहालले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ । शान्ति प्रक्रियामा आउदा संविधानसभाको निर्वाचन उहाँको सर्त हो,’ देउवाले भने, ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । यस मानेमा संविधानसभाबाट संविधान बनाउने कुरा भएको हो ।’

अहिले निर्माण भएको संविधान महत्वपूर्ण रहेको भन्दै देउवाले यसमा प्रचण्डको महत्वपूर्ण योगदान रहेको बताए । प्रधानमन्त्री देउवाले शान्ति पक्रियाका बाँकी काम पूरा गर्न लागिपर्ने पनि बताए ।