सुनको मूल्य घट्यो
काठमाडौँ – सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमामा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैँया कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।