रुखबाट लडेर गोदावरीका एक युवकको मृत्यु

अत्तरिया – स्याउला काट्ने क्रममा रुखबाट लडेर कैलालीमा एक जनाको ज्यान गएको छ ।

maya metro hospital

घर नजिकैको रुखमा स्याउला काट्ने क्रममा जिल्लाको गोदावरी नगरपालिका – ४ का २५ वर्षीय बिर्ख बोहराको मृत्यु भएको हो ।

रुखबाट लडेर गम्भीर घाईते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यर भएको प्रहरीले जनाएको छ ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार रुखबाट लडेर गम्भीर घाइते भएका उनलाई अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएका उनको सोमबार राति मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.