अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत नेकपा (एकीकृत समाजवादी) कैलालीको जिल्ला कमिटी उपाध्यक्षमा चयन भएकी छिन ।

नेकपा एसकी केन्द्रिय परिषद् सदस्य समेत रहेकी कडायत नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम कैलाली जिल्ला भेलाबाट जिल्ला उपाध्यक्षमा चयन भएकी हुन ।

नगर उपप्रमुख कडायत २०७४ सालमा भएको स्थानित तहको चुनावमा भने नेकपा एमालेबाट चुनाव जितेकी थिइन । पछि एमाले बिभाजन हुँदा उनले एकीकृत समाजवादी रोजेकी थिइन् ।
सम्बन्धित समाचार : नेकपा एसको कैलाली जिल्ला अध्यक्षमा रावल चयन


















