नबिल बैंकले ल्यायो सामाजिक उद्यमी बन्ने अवसर

नबिल बैंकले सामाजिक उत्तरदायित्व जिम्मेवारी अन्तरगत त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीमा सामाजिक उद्यमी निर्माण गर्ने योजना ल्याएको छ । बैंकले स्कुल अफ सोसल इन्टरप्रिनरशीप कार्यक्रम मार्फत सातै प्रदेशमा ६ महिने फेलोशिप तालिम प्रदान गर्नेछ ।

maya metro hospital

यसका लागि सामाजिक समस्या पहिचान गरेको र यसलाई सामाजिक उद्यम मार्फत समाधान गर्न चाहना भएका १८ बर्ष देखि ५० बर्ष उमेर समूहका, तथा त्रिभुवन विश्वविद्यालयको कुनै पनि संकायमा आवद्ध भएका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् ।

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यका साथ हाललाई यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रमाण पत्र कार्यक्रम र फेलोशिप गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।

attariya hospital

यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने छ ।

इच्छुक आवदेन दिइएको लिंकमा क्लिक गरी २०७८ पौष १६ गते भित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.