भारतमा सुरक्षाकर्मीले गोली चलाउँदा १३ जनाको मृत्यु
एजेन्सी – भारतको नागाल्याण्डमा सुरक्षाकर्मीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । उग्रवादी संगठन समूहको सदस्य भएको अनुमान गर्दै सुरक्षाकर्मीले गोली चलाएका थिए । तर, मृत्यु हुने सबै गाउँका कामदार रहेको खुलेको छ ।

तिरु–ओटिंग सडकखण्डमा कारवाहीका लागि तैनाथ सुरक्षा बलले गाउँलेहरुलाई विद्रोही सम्झेर गोली चलाएको बताइएको छ । विद्रोही सवारहरु भनि सूचना भएको गाडीको रंग गाउँले चढेको गाडीको रंगसँग मिलेको थियो ।

स्थानीय संचार माध्यमको रिपोर्टको अनुसार सुरक्षाकर्मीले गाडीलाई रोक्ने प्रयास गर्दा गाडी रोकिएन । त्यसपछि सुरक्षाकर्मीले गोली चलाएको थियो ।

उक्त घटनापछि गाउँलेहरु आक्रोशित भएका छन् । स्थानीयले सुरक्षा बलको गाडीमा आगो लगाइदिएका थिए । भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।
उक्त घटनाको अनुसन्धानको लागि स्थानीय अधिकारीले आदेश दिइसकेका छन् ।
