कञ्चनपुरमा करिब डेढ लाख बढीका अवैध सामग्री बरामद
अत्तरिया – कञ्चनपुरमा निषेधाज्ञा उल्लंघन गरी अवैध रुपमा भित्र्याउदै गरेका करिब डेढ लाख बढीका सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।

शुक्रबार भारतबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरेका करिब १ लाख ६४ हजार ८ सय बराबरका हाईब्रेड मकैको बिउ, प्लाष्टिकका कुर्चि, भाडाँ र प्रतिबन्धीत माछा बराममद सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद गरिएका सामग्रीहरु आवश्यक कानुनी कारबाहीका लागी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र प्रतिबन्धीत माछा पशु क्वारेन्टाईन कार्यालय गड्डाचौकी बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।
