खाेज्नुहाेस

बौलाहा कुकुरले टोक्दा ५ जना घाइते 

Image

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटामा बौलाहा कुकुरले टोकेर ५ जना  घाईते भएका छन । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा बौलाहा कुकुरले टोक्दा ५ जना घाईते भएका हुन् ।

navjiwan hospital

घाईते हुनेहरुमा शुक्लाफाँटा नगरपालिका –११ का ५० वर्षिय राज बहादुर सेटी, ४० वर्षिया मन्जरी साउँद, ३२ वर्षिया लक्ष्मी नाथ, २५ वर्षिय रमेश सेटी रहेका छन् । यस्तै ५५ वर्षिय राम बहादुर ऐर तथा लक्ष्मण सिंह सेटीको भैसीलाई समेत बौलाहा कुकुरले टोकेको स्थानिय पदम सेटीले बताएका छन ।

attariya hospital

घाईतेहरुलाई  उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगिएको छ ।