दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा जीप दुर्घटना भएको छ । लेकम गाउँपालिका – ६ को मेल्लाउँ सिमार भन्ने ठाउँमा जीप दुर्घटना भएको हो ।

जीप दुर्घटना हुँदा बैतडीको डिलाशैनी गाउँपालिका बस्ने ७० बर्षीया मध्या नाथ र कञ्चनपुरको बेदकोट नगरपालिका – ८ बस्ने ७५ बर्षीया पुण्यादेवी नाथ घाइते भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।

दार्चुलाको गोकुलेश्वरबाट रिठाचौपाता जाँदै गरेको से १ ज ५८३ नम्बरको जीप सोमबार बिहान दुर्घटना भएको हो ।




















