खाेज्नुहाेस

कैलालीमा कांग्रेसको वडा अधिवेशनका लागि निर्वाचन अधिकृत तोकिए

Image

अत्तरिया – नेपाली काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत कैलालीमा वडा अधिवेशन गर्न निर्वाचन अधिकृत तोकेको छ । कार्तिक २७ मा हुने वडा अधिवेशनका लागि टेकप्रसाद सुवेदीलाई निर्वाचन अधिकृत ताकेकोे हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले वडा अधिवेशन हुन बाँकी रहेका देशभरका १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएको बताए ।

attariya hospital
navjiwan hospital

उनले तोकिएका निर्वाचन अधिकृत आजै साँझसम्म सबै जिल्लामा पुगेर काम सुरु गर्ने बताए ।

१४ औँ महाधिवेशन अन्तर्गत देशभरका १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहेको छ । कांग्रेसले ती १३ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिले निर्वाचन अधिकृत तोकेको छ ।

जसमा पर्सामा नरेन्द्र केसी, बारामा ज्ञानेन्द्रप्रसाद अधिकारी, रौतहटमा दीपकराज गिरी, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, धनुषामा अरुण ज्ञवाली, सप्तरीमा डा. रुद्र शर्मा र सिराहामा सञ्जीव लामा, बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमनकुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको समितिले जनाएको छ । यसअघि ६४ जिल्लामा भने वडा अधिवेशन सम्पन्न भइसकेको छ ।