गोदावरी – ६ बडेहाको शैलेश्वरी मावी मा १ लाखको अक्षयकोष स्थापना

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ बडेहामा रहेको शैलेश्वरी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

maya metro hospital

वडा नं. ७ निवासी गौरीलाल ओझाले विद्यालयमा १ लाख १ हजारको अक्षयकोष स्थापना गरेका हुन ।

स्वर्गिय आमाबुवा भिमदत्त ओझा र गोमती ओझाको स्मृतिमा भिमदत्त/गोमती ओझा अक्षयकोष स्थापना गरिएको विद्यालयका अध्यक्ष खम्म बुढाले बताए ।

attariya hospital

उनले विद्यालयमा रहेका अनाथ, असहाय र आर्थिक अवस्था कमजोर भएका बालबालीकाहरुको अध्यापनका लागी अक्षयकोषले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

सोमबार ओझाले विद्यालयका अध्यक्ष बुढालाई अक्षयकोष स्थापनाका लागी रु. १ लाख १ हजारको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.