खाेज्नुहाेस

महालक्ष्मी विकाश बैंक अत्तरियाद्धारा कैलाली जिल्ला क्रिकेट क्लबलाई जर्सी सहयोग

Image

अत्तरिया – कैलालीको धनगढीमा अवस्थीत रंगशाला (कर्भडहल) मा रहेको कैलाली जिल्ला क्रिकेट क्लबलाई जर्सी सहयोग गरिएको छ ।

महालक्ष्मी विकाश बैंक अत्तरिया शाखाले क्लबलाई २० थान जर्सी सहयोग गरेको हो ।

attariya hospital
navjiwan hospital

लम्कीमा भैरहेको क्रिकेट प्रतियोगीता खेल्न गईरहेको टिमका लागी बैंकले जर्सी सहयोग गरेको क्लबका उपाध्यक्ष दिपक रावलले जानकारी दिए । उनले क्लबलाई सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।

यता बैंकका शाखा प्रमुख लक्ष्मण साउँदले आफुहरुको सानो सहयोगले युवाहरुको खेलप्रतिभालाई बाहिर ल्याउन मद्दत पुग्ने देखेर सहयोग गरेको बताए ।

‘हामीले प्रतियोगीतालाई हेरेर मात्रै हैन, युवाहरुको प्रतियोगीता खेल्ने चाहनालाई मर्न नदिन सहयोग गरेका हौ’ उनले भने ‘यहाँका युवाहरु प्रतियोगीतामा राम्रो नतिजा प्राप्त गर्नेछन भन्ने विश्वास लिएको छु ।’ उनले बैंकको सामाजिक उत्तरदायीत्व अन्तरगत क्लबलाई सहयोग गरेको बताए ।