खाेज्नुहाेस

सुदूरपश्चिममा आइतबारको कोरोना संक्रमणदर १ प्रतिशत भन्दा कम

Image

अत्तरिया –  सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) गरिएको कोरोना परिक्षणमा संक्रमणदर १ प्रतिशत भन्दा कम रहेको छ । प्रदेशमा ६ सय ६४ नमूनाको कोरोना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको छ । जुन संक्रमणदर शून्य दशमलव ७५ प्रतिशत हो ।

पछिल्ला २४ घण्टामा एन्टिजेन बिधिबाट ६ सय ५२ नमूनाको कोरोना जाँच गर्दा ४ जना र पीसीआर बिधिबाट १२ नमूनाको कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

attariya hospital

आइतबार पीसीआर बिधिबाट महाकाली अस्पतालमा मात्रै १२ नमूनाको कोरोना परिक्षण गरिएको थियो भने एन्टिजेन बिधिबाट भएको परिक्षणमा कञ्चनपुरका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

navjiwan hospital

शनिबार ६ सय ८३ नमूनाको कोरोना परिक्षण हुँदा ९ जना र शुक्रबार ५ सय ८९ नमूनाको कोरोना परिक्षण हुँदा २६ जनामा संक्रमण पुष्टि भएको थियो ।

आइतबार थपिएका ५ जना संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ५ सय ८१ पुगेको छ । जसमध्ये ३७ हजार ६ सय ८३ जनाले कोरोना जितेका छन । आइतबार १२ जनाले कोरोना जितेका थिए ।

यसैबिच पछिल्लो २४ घण्टामा प्रदेशमा एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन ।

कोरोनाबाट ज्यान गुमाउनेमा कञ्चनपुरको बेलौरी नगरपालिका – ९ की ५५ बर्षिय महिला रहेकी छिन । उनको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।