गोदावरी आधुनिक कृषि सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
अत्तरिया – कैलालीको अत्तरियामा रहेको गोदावरी आधुनिक कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमका बिच संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष नैन सिँह कार्कीको सभापतित्वमा सम्पन्न सभाका प्रमुख अतिथि गोदावरी नगरपालिका कृषि शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।
कार्यक्रममा संस्थाका सचिव धर्म सिँह कुँवरले संस्थाको आर्थिक एवम् प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बालबचतकर्ता, असल ऋणी तथा कर्मचारीहरुलाई सम्मानित गरिएको थियो । समापन कार्यक्रमको सञ्चालन सचिव धर्म सिँ कुँवरले गरेका थिए ।
आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म संस्थाको शेयरपुँजि २९ लाख ९० हजार रहेको छ । संस्थाले उक्त आर्थिक वर्षमा कुल १ करोड १० लाख ३२ हजार ८ सय ९६ रुपैयाको कारोबार गरेकोमा १ लाख ७ हजार ९ सय १६ रुपैया खुद नाफा आर्जन गरेको छ ।