खाेज्नुहाेस

अत्तरियामा पहिलो पटक निःशुल्क अभिनय तालीम सञ्चालन

Image

अत्तरिया – कैलालीको अत्तरियामा पहिलो पटक १० दिने निःशुल्क अभिनय तालीम सञ्चालन भएको छ ।

अत्तरियामा रहेको क्युरिक्स डान्स स्टुडियोको प्रस्तुती र जुम प्रोडक्सनको सहकार्यमा त्रिनयन नेपालले तालीमको आयोजना गरेको हो ।

attariya hospital
navjiwan hospital

युवायुवतीहरुलाई अभिनय सिकाई उनिहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको आयोजक संस्था त्रिनयनका संस्थापक अध्यक्ष जय बहादुर धामीले बताए । उनले अत्तरियाक्षेत्रमा विभिन्न तालीमहरु सञ्चालन भएपनि अभियन सिकाउने तालीम सञ्चालन नभएकोले यो तालीम प्रभावकारी हुने बताए ।

‘अत्तरियामा धेरै किसिमका तालीमहरु सञ्चालन भैसके, तर यो तालीम पहिलो पटक हो’ उनले भने ‘यस तालीमले हाल युवायुवतीहरुले सामाजिक सञ्जालहरुमा गर्दै आईरहेको अभिनय कलालाई थप गुणस्तरिय बनाउन मद्दत गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

संस्थाले युवायुवतीहरुको व्यक्तित्व विकाश गर्ने किसिमका हरेक तालीमहरु सञ्चालन गर्दै आईरहेको बताउदै उनले यो तालीमले पनि अहिलेका युवायुवती तथा बालबालीका भित्र रहेका प्रतिभाहरुलाई बाहीर उजागर गर्न सहयोग पु¥याउने उनले बताए ।

तालीमको प्रशिक्षकका रुपमा कान्तिपुर फिल्मस् एकेडेमीबाट अभिनयमा डिप्लोमा गरेका र मन्डला थ्रियटरमा प्रशिक्षण गरिरहेका प्रशिब बम रहेका छन । आजबाट सुरु भएको तालीम १० दिनसम्म सञ्चालन हुनेछ ।