खाेज्नुहाेस

सुदूरपश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति मन्त्री सोडारीद्धारा दुःख व्यक्त

Image

धनगढी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता एवं भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले बर्षाका कारण सुदूरपश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन ।

navjiwan hospital

काम विशेषले काठमाण्डौंमा रहेका मन्त्री सोडारीले सुदूरपश्मिेली जनताले भोग्नु परेको समस्या बारे आफू जानकार रहेको बताउदै प्रदेश सरकारले तत्कालको लागि बाढी प्रभावित जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने बताए ।

attariya hospital

उनले उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएकोले त्यो कार्यान्वयन गर्न प्रदेश सरकार अग्रसर रहेको बताए ।

प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लागेको सर्कुलर जारी भइसकेको उहाँको भनाइ छ ।